२०८१ श्रावण १२

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन
  • लुम्बिनी खोज
  • २०८० बैशाख १८, सोमबार १६:४६ गते

काठमाडौँ ।

रास्वपा संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।सो पार्टीको आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको थियो ।

बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।  शाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट प्रनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै बैठकले सचेतकमा निशा डाँगीलाई चयन गरेको प्रमुख सचेतक परियारले जानकारी दिए ।