२०८१ श्रावण १२

एसिसी प्रिमियर कप : युएई विरुद्ध नेपालको सानदार जित
  • लुम्बिनी खोज
  • २०८० बैशाख १९, मंगलवार ०६:३१ गते

काठमाडौ,१९ बैशाख ।

नेपालले एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्‍यो। नेपालका लागि गुल्सन झाले ८४ बलमा ६७ रन बनाए भने भीम सार्कीले ७२ बलमा ३६ रन बनाए ।

फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती दिएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले ३३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटिएकाे थियाे ।

हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै एक सय छ रन बनाएको थियो । खेल वर्षाका कारणले रोकिएपछि आज हिजोकै ओभरबाट खेल सुरु भएको हो ।

युएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिएका थिए ।

त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिएका थिए । युएईलाई पराजित गरेरसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने लक्ष्य पुरा गरेको छ ।