२०८१ श्रावण १२

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
  • लुम्बिनी खोज
  • २०८० बैशाख २१, बिहीबार ०९:२३ गते

काठमाडौ,२१ बैशाख ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो । नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयले समसामयिक विषयमा दुई नेताबीच भेटवार्ता भएको जनाएको छ ।

आजै प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको भेटपछि प्रचण्डले ओलीसँग भेटवार्ता गरेका हुन् ।