११ जेष्ठ २०८१, शुक्रबार

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
  • लुम्बिनी खोज
  • २१ बैशाख २०८०, बिहीबार १६:४३

बुटवल   ,२१ बैशाख ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न गण्डकी प्रदेश सभा नियमावली २०७४ को नियम १४३ बमोजिम आफ्नो वक्तव्यसहित प्रस्ताव पेस गरेका थिए।

संविधानको धारा १६८ को (२) अनुसार पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

१४ गते नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको आठौँ दिनमा विश्वासको मत लिएका हुन्। संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक रहन्छ। पाण्डेलाई मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका २७, माओवादीका सात र एकीकृत समाजवादीको एक गरी ३५ जनाको पक्षमा मत जाहेर गर्दा एमालेका २२ जनाले विपक्षमा  र राप्रपाका दुईजनाले तटस्थमा मत जाहेर  गरेका थिए।