२०८१ श्रावण १२

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय नतिजा प्रवोधिकरण कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० बैशाख २२, शुक्रबार १२:४१ गते

बुटवल २२ वैशाख
शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय नतिजा प्रवोधिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
शैक्षिक गुणस्तर प्रशिक्षण केन्द्रले गरेको विद्यार्थी उपलब्धीको राष्ट्रिय परीक्षण विद्यालय कार्य सम्पादन परीक्षण पूर्व सिकाई तथा विकास मापदण्डमा (EIDS) आधारित वालवालिकाको सिकाइ परीक्षण लगायतमा विभिन्न अनुसन्धानहरुका नतिजा सम्बन्धी प्रवोधिकरण कार्यक्रम गरिएको हो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसालको अध्यक्षतामा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईको प्रमुख आतिथ्यता, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव रामकृष्ण सुवेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका उप सचिव मनोज कुमार गैरे, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख दिपेन्द्र ढकाल, शैक्षिक गुणस्तर प्रशिक्षण केन्द्रका निर्देशकहरु नारायण प्रसाद झा, प्रसुराम तिवारी, सरला पौडेल लगायतले धारणा राखेका थिए।

कार्यक्रममा सहभागि नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार उक्त कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय प्रशासन महाशाखाका सहसचिव भगवान अर्याल, बुटवल उप महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवाली, शिक्षा तालिम केन्द्रका प्रमुख टिकाराम अर्याल, बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका इकाई प्रमुख थानेश्वर घिमिरे, सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरि प्रसाद अर्याल, रुपन्देहीका विभिन्न पालिकाका शिक्षा प्रमुख, विद्यालयका प्रधानाध्यापकहरु एवं शिक्षकहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अधिकृत श्याम प्रसाद आचार्यले प्रतिवेदन प्रस्तुतीकरणका क्रममा न्यूनतम सिकाई हासिल नभएका विद्यार्थीको सङ्ख्या देशभरमा धेरै भएको हुनाले विद्यालयको शैक्षिक सत्रको सुरुमा विद्यालयका शिक्षकहरुले Diagnostic Test लिएर उपचारात्मक शिक्षण देशभर कार्यान्वयन गर्नु पर्ने सुझाव दिए । उनले त्यसका लागि REAL (Recovery and accelerated Learning) कार्यक्रम लागु हुनुपर्ने स्पष्ट पारे । कार्यक्रमको सञ्चालन शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक कुमार बस्नेतले गरेका थिए ।
शैक्षिक गुणस्तर परीक्षण केन्दबाट प्राप्त ७ वटै प्रदेशको अंग्रेजी, गणित, विज्ञान र नेपालीको तुलनात्मक अध्ययन गर्दा उपलब्धीस्तर गणितमा वाग्मती प्रदेश पहिलो स्थानमा, गण्डकी प्रदेश दोस्रो स्थानमा र लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेको छ ।
विज्ञानमा वाग्मती प्रदेश पहिलो, गण्डकी प्रदेश दोस्रो र लुम्बिनी प्रदेश तेस्रो स्थानमा छ । भने नेपाली विषयमा गण्डकी प्रदेश पहिलो, वाग्मती प्रदेश दोस्रो र तेस्रोमा सदुरपश्चिम र अंग्रेजी विषयमा वाग्मती प्रदेश पहिलो, मधेश प्रदेश दोस्रो र तेस्रोमा गण्डकी प्रदेश रहेको छ ।