४ जेष्ठ २०८१, शुक्रबार

जसपा वर्तमान सरकारकै निरन्तरताको पक्षमा : उपेन्द्र यादव
  • लुम्बिनी खोज
  • २३ बैशाख २०८०, शनिबार १६:२७

काठमाडौ,२३ बैशाख ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने प्रस्ट पारे। ‘गल्ती कहाँ छ सच्याएर अघि बढ्ने बेला हो। त्यसका लागि यो गठबन्धनमा हाम्रो पार्टीको धारणा के हो भने अगाडि बढनुपर्छ । सरकार स्थिर भएर काम गर्नुपर्छ,’ यादवले भने।

अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको बताए। सरकारलाई ‘कम्फटेबल मेजरिटी’ भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि फरक नपर्ने उनको तर्क छ।