टोपबहादुर रायमाझीले अनुसन्धानमा सघाउनुपर्ने एमालेको निर्णय

बुटवल २६ बैशाख ।

एमालेले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा भएको ठगी प्रकरणमा जोडिएका सचिव टोपबहादुर रायमाझीले कानुनअनुसार अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले सचिव रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको हो । रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले अहिले अनुसन्धान चलिरहेको र  अहिले नै दोषी देखिइनसकेकाले यस्ता कुरामा हतार गरेर नहुने बताए ।