२०८१ श्रावण १२

रोटरी बैठकमा बिजनेश एजेण्डामा छलफल
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३०, शनिबार १७:१४ गते

बुटवल, ३० वैशाख ।
रोटरी क्लव अफ बुटवलको १४ सय ६१ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लवका वर्ष २०२२÷२३ का अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा बिजनेश रहेको थियो ।
बैठकमा क्लवका अध्यक्ष बोनिन पियाले भन्सारमा आएर रोकिएको ब्लड कलेक्शन मोवाइल भ्यान नेपाल ल्याउन सरकारी तहमा प्रयास भैरहेको जानकारी गराएका थिए ।
त्यसैगरी बैठकमा बन्दीपुर फेलोसिप यात्रा, आगामी जेठ ६ गते हुन गैरहेको रोट¥याक्ट र इन्ट¥याक्ट क्लवको क्यारियर डेभलपमेन्ट सेमिनारलगतयका विषयमा छलफल भएको थियो । बैठकमा क्लवले यो वर्ष भए गरेका कार्य र अव बाँकी डेढ महिनाको अवधिमा गर्नुपर्ने कार्यक्रमहरुका बारेमा समेत छलफल गरिएको थियो ।

त्यस अवसरमा रोटरीयनहरु अजयमान श्रेष्ठ, कृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे, मधुप्रकाश अर्याल, शारदा ज्ञवाली, शिवकुमार ज्ञवाली लगायतले आ–आफ्नो धारणा राखेका थिए ।