२०८१ श्रावण १२

चिकित्सकलाई सम्मान
  • लुम्बिनी खोज
  • २०७८ मंसिर २१, मंगलवार ००:५२ गते

बुटवल, २० मंसिर । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले तीनजना चिकित्सकलाई सम्मान गरेको छ । कोभिड महामारीको समयमा संघले सञ्चालन गरेको कोभिड हेल्पडेस्कमा बसेर स्वास्थ्य परामर्श गरेका डाक्टरहरु द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुशान्त श्रेष्ठलाई सम्मान गरिएको हो । संघको ६८ औं साधारण सभामा आयोजित कार्यक्रममा उहाहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कदरपत्र प्रदान गरेका थिए । कारोना महामारीको समयमा सर्वसाधारणलाई स्वास्थ्य परामर्शको लागि निःशुल्क मोवाईल हेल्पडेस्क सञ्चालन गरेको थियो । उक्त हेल्पडेस्कमा बसेर तीनजा डाक्टरहरुले स्वास्थ्य परामर्श प्रदान गरेका थिए ।
त्यस्तै संघका गतिविधि र व्यवसायिक कृयाकलापमा उत्कृष्ट काम गरेवापत कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिलाई सम्मान गरिएको छ ।