२०८१ श्रावण १२

प्रधानाध्यापक सक्षमता प्रारुप परामर्श कार्यशाला
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३, बुधबार १४:१० गते

भैरहवा ३ जेठ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रको आयोजनामा प्रधानाध्यापक सक्षमता प्रारुप परामर्श कार्यशाला भैरहवामा बुधबार सम्पन्न भएको छ ।
उक्त परामर्श कार्यशालामा नेपाल सरकारका पुर्व सह सचिव डा. तुल्सी थपलियाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुमा हुनु पर्ने सात वटा सक्षमता चवालीस वटा सुचकहरुका बारेमा परामर्श कार्यशालामा व्यापक छलफल गरी राय सुझावहरु दिइएको थियो ।
कार्यक्रममा सहभागि नवीन औद्योगिक कदर बहादुर रीता मा .बि. प्र.अ. प्रेम बहादुर बस्नेतका अनुसार शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख दिपेन्द्र ढकालको अध्यक्षतामा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेललेको सहजीकरणमा कार्यक्रम गरिएको थियो ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पहिलो चरणमा काठमाडौंमा, दोस्रो चरणमा शिक्षा तालिम केन्द्रमा र अन्तिम चरणमा अन्य स्थानमा परामर्श कार्यशाला सम्पन्न गर्ने र कार्यान्वयनमा लैजाने योजना भएको निर्देशक गणेश पौडेलले बताए ।


उक्त अन्तरकृयामा शिक्षा तालिम केन्द्रका तालिम प्रमुख टिकाराम अर्याल, सिद्वार्थ नगरका शिक्षा अधिकृत चेतनशिल लम्साल, सैनमैना नगरका शिक्षा अधिकृत हेमराज पौडेल, शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत धनिश्वर पन्थी, मायादेवी गाउँपालिका शिक्षा अधिकृत नारायण लामिछने, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुबेदी, ब्रिटिश काउन्सिलका गौरव शर्मा, प्रशिक्षक शंकर अधिकारी, कालिका मानवज्ञान मा .बि. प्र.अ. दिनेश थापा, शान्ती नमुना मा .बि. प्र.अ.कुल प्रसाद लामिछने, नवीन औद्योगिक कदर बहादुर रीता मा .बि. प्र.अ. प्रेम बहादुर बस्नेत, भैरहवा नमुना मा .बि. प्र.अ. चुनु प्रसाद पाण्डे , भानु मा .बि. प्र.अ. मोतिलाल सुवेदी, पब्लिक मा.वि. छपियाका प्र.अ. डिलाराम खनाल, जनजागृती मा.वि.ओमसतियाकी प्र.अ. रमादेवी अर्याल लगायतले सुझाव दिएका थिए।