२०८१ श्रावण १२

लुम्विनीमा मन्त्रिमण्डल बिस्तारको तयारी
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ४, बिहीबार १६:३७ गते

बुटवल,४ जेठ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री सन्तोष कुमार पाण्डेयले ढिलोमा आइतबारसम्म मन्त्रिमण्डल बिस्तार भैसक्ने बताएका छन् ।
जनमत संचार केन्द्र नेपालद्धारा बिहिबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ढिलोमा आइतबारसम्म मन्त्रिमण्डल बिस्तार भैसक्ने बताएका हुन् ।

गठवन्धनको सरकार भएको र सबैलाई मिलाएर जानू पर्ने भएकाले मन्त्रिमण्डलले पूर्णता पाउन ढिला भएको भन्दै अब बिस्तारमा ढिलाइ नहुने बताउ । अब शुक्रबारसम्म मन्त्रालयको बाडफाड टुंगिने र मन्त्रिमण्डल विस्तार हुने भन्दै शुक्रवार हुन नसके आइतबारसम्म मन्त्रिमण्डल बिस्तार भैसक्ने दाबी गरे ।

उनले नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३ र अन्य दलहरुले १÷१ मन्त्रालय लिने सहमती भइसकेको बताए ।
मन्त्रिमण्डल बिस्तार पछि प्रदेश सभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने तयारी भैरहेको पनि उनले जानकारी गराए ।

एक मन्त्रालय थप गर्ने बिषयमा छलफल भैरहेको बताउदै उनले सरकार बिस्तारपछि संघीयताको औचित्य पुष्टि गर्नेगरी काम गर्ने दाबी गरे ।

जनमत संचार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।