२०८१ श्रावण १२

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएन
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ६, शनिबार १६:५२ गते

बुटवल ,६ जेठ ।

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन ।

नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएको छैन । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन ।

यस्तै, माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका छन ।

कमलबहादुर शाह गएको माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए  ।