२०८१ श्रावण १२

लुम्विनीमा तीन मन्त्रीको आज सपथ
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ८, सोमबार ०७:१२ गते

बुटवल ८ जेठ ।
लुम्विनी प्रदेशमा आज नव नियुक्त मन्त्रीहरुको सपथ हुने भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थप तीन जना मन्त्री नियुक्तका लागि प्रदेश प्रमुख अमिक शेरचन समक्ष सिफारिस गरेका छन । आज थपिएका तीन मन्त्रीहरुको नियुक्ति र यस अघि नियुक्त भएका तर जिम्मेवारी नपाएका मन्त्रीहरुको जिम्मेवारी तोक्ने गरी मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको बताइएको छ । आज नियुक्त हुने मन्त्रीहरुको सपथ दिउसो ४ बजेलाई तय भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले बताएका छन ।
आज थपिएकाहरुमा कांग्रेसका राजु खनाल स्वास्थ्य, जसपाका भण्डारीलाल अहिर कृषि तथा भुमिब्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री रहेका छन । यहा विना विभागिय मन्त्री रहेका लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला कानुन तथा सहकारी र नागरिक उन्मुक्ति पार्टीका धर्मवहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
गत बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका डिल्लीबहादुर चौधरीले त्यसको अर्को दिन बैशाख १५ गते तीन जनालाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना पुग्नै लाग्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन नसकेको अवस्थामा आज सोमवार मन्त्रीमण्डलको विस्तार हुन लागेकोे हो ।
यहा बैशाख १५ मा नियुक्त भएका विना विभागिय मध्ये एक जनालाई केही दिन अगाडी माओवादीका तर्फबाट सरकारमा सहभागी धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको भएपनि बाकी दुई जना विना विभागिय रहेको अवस्थामा आज उनीहरुलाई जिम्मेवारी तोकिएको छ ।
मुख्य न्यायाधिबक्तामा डाक्टर थापा
लुम्विनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्य न्यायाधिबक्ता मा वरिष्ठ अधिबक्ता डाक्टर बुद्धवहादुर थापा क्षेत्रीलाई नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफरिस गरेका छन । बुटवलका थापाको नियुक्ति आज हुने र सपथ पनि आज हुने गरी तय गरिएको छ ।