२०८१ श्रावण १२

नवीनमा इन्जिनियरिङ समुहका विद्यार्थीहरुको कार्य स्थल तालिम
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ९, मंगलवार १०:३१ गते

बुटवल ९ जेठ ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा प्राविधिक धार तर्फ इन्जिनियरिङ समुहमा कक्षा १२ को वोर्ड परीक्षा दिएका विद्यार्थीहरुको कार्य स्थल तालिम (ओजेटी) प्रशिक्षण सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय परीक्षावोर्ड लुम्विनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले प्राविधिक धारका विद्यार्थीहरुले विद्यालयमा प्राप्त गरेका सैद्वान्तिक र प्रयोगात्मक ज्ञानलाई कार्यस्थलमा गएर दक्षता पुर्वक सीप आर्जन गरी देशको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार हुन सुझाव दिए ।
बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले विद्यार्थीहरु निर्माण स्थालमा अनुशासित एवं लगनशील भएर व्यावहारिक सीपयुक्त बन्न आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कक्षा १२ का विद्यार्थी शिशिर ज्ञवालीको संचालनमा सम्पन्न कार्यक्रममा सिभिल इन्जिनियरिङ समूह कक्षा ११ र १२ का संयोजक ई. बिमल अर्याल, प्रशिक्षक ई. साम्व पन्थी विद्यार्थीहरु सुस्मिता पुन र राजन कोइरालाले धारणा राखेका थिए ।


उक्त अवशरमा राष्ट्रिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका अधिकृत बाबुराम भण्डारी, सिभिल इन्जिनियरिङ इन्चार्ज सपना भट्टराई, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, व्यवस्थापन समूह कक्षा १२ का इन्चार्ज केशवराज पन्थ, सिभिल इन्जिनियरिङ कक्षा ९र१० का संयोजक ई. गणेश थापा, आइएसए संयोजक जु.ई.आशिष लामिछाने, जु.ई.सागर कुँवर लगायतको सहभागिता रहेको थियो ।
विद्यालयले विद्यार्थीहरुलाई ६ महिना विभिन्न कार्य स्थलहरुमा तालिमको लागि ओजेटीमा खटाउने भएको छ ।