२०८१ श्रावण १२

नवीनको अवलोकनमा भवानी मा.वि. पर्वतको टोली
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १०, बुधबार १४:१३ गते

बुटवल १० जेठ ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा फलेवास नगरपालिका स्थित भवानी विद्यापीठ माध्यमिक विद्यालय पर्वतको एक प्रतिनिधि मण्डलले अवलोकन गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका इकाई प्रमुख उदिमराज पौडेल, फलेवास नगरपालिका सामाजिक विकास समितिका संयोजक फलेवास नगरपालिका वडा नं.५ का वडा अध्यक्ष नारायण प्रसाद लामिछाने, फलेवास नगर शिक्षा अधिकारी कृष्ण प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनाथ पौडेल, प्रधानाध्यापक अर्जुन प्रसाद रेग्मी लगायत २८ जनाको प्रतिनिधि मण्डलले अवलोकन गरेको हो ।
नवीनमा सो प्रतिनिधि मण्डलसग अन्तरक्रिया गरिएको छ । उक्त अन्तरकृया कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा इकाई प्रमुख उदिमराज पौडेल, कृष्ण प्रसाद आचार्य, वि.व्य.स. सदस्य राजेन्द्र ढकाल, रामचन्द्र पुरीलगायतले धारणा राखेका थिए। विद्यालयको बारेमा प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले सहजीकरण गरेका थिए ।
भवानी विद्यापीठ मा.वि. कक्षा १२ को २०७६ को वोर्ड परीक्षामा नेपाल तृतीय भएको थियो भने प्रथम अमरसिंह नमुना मा.वि. पोखरा र द्वितीय सकुना मा.वि. सुन्दर हरैया भएको थियो ।