२०८१ श्रावण १२

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १३, शनिबार १७:०८ गते

बुटवल,१३ जेठ ।

सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०–०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति बसेको प्रतिनिधिसभाको बैठकले कार्यक्रम पारित गरेको हो ।

गत जेठ ७ गतेदेखि १३ गतेसम्म नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल भएको थियो । छलफलको अन्तिम दिन प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । सरकारको नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्षका गरी २० सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए । आजको बैठकमा ति संसोधन प्रस्तावहरुलाई फिर्ता लिन समय दिइएको थियो भने फिर्ता नलिइएका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

कांग्रेसका सांसदहरु श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । यस्तै सांसद गंगाराम चौधरीले पनि संसोधन प्रस्ताव फिर्ता लिएका थिए ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थिए । राष्ट्रियसभाबाट यसअघि नै वार्षिक नीति तथा कार्यक्रम पारित भइसकेको छ । सरकारले यही जेठ १५ गते  आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दैछ ।