२०८१ श्रावण १२

प्रदेश प्रमुख शेरचनद्धारा १६औं गणतन्त्र दिवसमा शुभकामना व्यक्त
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १५, सोमबार ००:३६ गते

बुटवल, १५ जेठ ।
लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनद्धारा १६ औ गणतन्त्र दिवसको अबसरमा एक शुभकामना सन्देश ब्यक्त गरेका छन ।

प्रदेश प्रमुख शेरचनले शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गरेका छन ।समुन्नत राष्ट्र निर्माण र जनताहरुको समृद्धि प्राप्त गर्न १९ दिने महान जनसंघर्षमा सहभागी दलहरुको एकता एवं समझदारीले मात्र संविधानको रक्षा हुुने र संविधानलाई अपनत्व नलिने तत्वहरुका विरुद्ध बलियो स्तम्भ बन्न सक्ने शेरचनले बिश्वास ब्यक्त गरेका छन ।

प्रतिगमन विरुद्धको संघर्षको बेला तत्कालिन राजतन्त्रसँग सम्झौता गरेको भन्ने हल्ला बिल्कुलै कपोकल्पित र निराधार भएको भन्दै प्रतिगमन विरुद्ध संघर्षरत तत्कालिन सात दलका नेताहरुले हस्ताक्षर गरेको सम्झौता पत्र सार्वजनिक गर्न ती तत्वहरुलाई चुनौती दिएका छ ।
शुभकामना शन्देश मार्फत प्रदेश प्रमुख शेरचनले नेपाली जनताको दसकौ लामो जनसर्घष र जनयुद्धबाट प्राप्त भएको १६औ गणतन्त्र दिवसको अबसरमा समुन्नत राष्द्र निर्माण र जनताको सम्बृद्धी प्राप्त गर्न १९ दिने जनसंघर्षको स्मरण गरेका छन ।
जनआन्दोलनमा सहभागि दलहरुको एकता एबं समझदारीले मात्र संबिधानको रक्षा र संबिधानको अपनत्व नलिने तत्वहरुका बिरुद्ध बलियो स्तम्भ बन्न सक्ने धारणा ब्यक्त गदै त्यसले मात्र राष्द्रिय औद्मगिक विकासलाई बिस्तार गदै आत्मनिर्भर अर्थतन्त्रमा फड्को मार्न सकिने र समाजवादी ब्यवस्था स्थापनाको लागि मार्ग प्रशस्त हुने र शहीदहरुको बलिदान सार्थक हुने बिश्वास ब्यक्त गरेका छन ।
नेपाली जनताले प्राप्त गरेको सिमित गणतन्त्र दिवसले वंश परम्परामा आधारित निरंकुश सामन्ती राजतन्त्रात्मक शासन व्यबस्थालाई अन्त्य गरेको दिन भएकोले यो आफैमा दिर्घ एतिहासिक भएको उनले बताएका छन । अग्रगामी बिचार राख्ने दलहरु बिचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पुरा गर्न सकिने बताउदै गणतन्त्र स्थापनाको मुख्य उदेश्य र लक्ष्य पनि यही भएको बताएका छन ।