२०८१ श्रावण १२

गणतन्त्र दिवसमा सियारीमा बृृक्षारोपण
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १५, सोमबार १३:४१ गते

भैरहवा, १५ जेठ ।
गणतन्त्र दिवसको अवसरमा रुपन्देहीको सियारी गाउँपालिकाले बृहत रुपमा बृक्षारोपण कार्यक्रम गरेको छ ।
गाउँपालिकाले बेथरी बेलबास सडक खण्डको अमुवा क्षेत्रमा नहरको दुवै तर्फ बृक्षारोपण गरिएको हो ।
सडकलाई सुन्दरीकरण गर्ने पालिकाको योजना अनुसार अमुवा टोल बिकास सस्थाको संयोजनामा बृक्षारोपण गरिएको पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले पालिकालाई सुन्दरीकरण बनाउने योजना अनुसार बृक्षारोपण शुरु गरिएको बताए ।
अमुवा क्षेत्रबाट शुरु गरिएको बृक्षारोपण कार्यलाई निरन्तरता दिदै बेथरी बेलवास सडक खण्ड अन्तरगत सियारीमा पर्ने सडकको दुबै तर्फ बृक्षारोपण गरी सुन्दरीकरणमा बिशेष ध्यान दिने बताए ।
५ सय बिरुवाहरु रोपिएको प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । उनले अमुवा क्षत्रेको झण्डै सवा किलोमिटर क्षेत्रमा बृक्षा रोपण गरिएको र रोपिएका बिरुवाको संरक्षण स्थानियको सहयोगमा पालिकाले गर्ने बताए ।
अमुवा टोल बिकास सस्थाका अध्यक्ष शिबकुमार अग्रहरीले रोपिएका बिरुवाको संरक्षणमा आफुहरुले बिशेष ध्यान दिने बताए ।
बृक्षारोपण कार्यक्रममा पालिकाका उपाध्यक्ष तारा थारु सहित पालिकाका बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, स्थानिय संघसस्थाका प्रमुख तथा प्रतिनिधि, बैंक तथा बित्तिय सस्थामा प्रतिनिधि, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।