२०८१ श्रावण १२

प्रभु बैंक बुटवल सिटि सेन्टरमा
  • लुम्बिनी खोज
  • २०७८ पुष ५, सोमबार ०९:१८ गते

बुटवल ४ पुस । बुटवलको मिलनचोकमा रहेको प्रभु बैंकको शाखाले बुटवल ९ स्थीत बुटवल सिटि सेन्टरको भवनबाट सेवा सुरु गरेको छ ।

मिलनचोकबाट उत्तर तर्फ करिब २ सय मिटरको दुरीमा रहेको बुटवल सिटि सेन्टर भवनको पहिलो तलाबाट सेवा शुरु गरेको हो । सुविधा सम्पन्न भवनबाट आइतबारबाट शुरु गरिएको कारोवारको बुटवल सिटि सेन्टरका सञ्चालक महेन्द्रनारायण श्रेष्ठ र प्रभु बैंकका सिपिओ सुनिल रानाले शुभारम्भ गरेका थिए । नया भवनबाट सेवा दिदा ग्राहकहरुलाई थप सहज हुने विश्वास लिएको बैंकका सिपिओ रानाले बताए । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सेवालाई थप प्रभावकारी र सहज बनाउदै लगिने उनले बताए ।