२०८१ आश्विन ७

नवीनमा व्यवस्थापन समूहका विद्यार्थीहरुलाई लेखा तालिम
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २०, शनिबार १४:०७ गते

बुटवल २० जेठ ।
नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरमा व्यवस्थापन समूहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित व्यवहारीक लेखा तालिम शनिबार सुरु भएको छ ।
उक्त व्यवहारीक तालिमको शुभारम्भ गर्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख दिपेन्द्र ढकालले नवीन औद्योगिक विद्यालय अन्तराष्ट्रिय स्तरमा पहिचान कायम गरेको, समुदायमा पहुंच पुर्याउन सफल आइटी तथा ताजा नवीन पद्धती अनुशरण गर्ने विद्यालय भएको धारणा राख्दै विद्यार्थीहरुलाई लगनशील भएर गन्तव्य निर्धारण गर्ने तर्फ लाग्न आग्रह गरे ।
ब्रिटिश म्यानेजमेन्ट कलेज बुटवल व्यवस्थापन निर्देशक एसीसीए सुशील कुवँरले आफूहरुले निजी विद्यालयहरुमा मात्र लेखा तालिम दिएकोमा सामुदायिक विद्यालयमा पनि तालिम दिनु पाउदा आफूलाई खुशीलागेको धारणा व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा १२ की विद्यार्थी बसन्ती ढकालको सञ्चालनमा संचालित तालिममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले व्यवस्थापन समूह अन्तर्गत कक्षा १२को बोर्ड परीक्षा दिएका र कक्षा ११ को वार्षिक परीक्षा दिएका अगुवा विद्यार्थीलाई लक्षित गरी विद्यालयको आयोजनमा र ब्रिटिश म्यानिजमेन्ट कलेज बुटवलको चार्टर अकाउन्टेन्टको सहयोगमा श्रमबजारमा प्रत्यक्ष रूपमा समाहित हुन सक्ने र विभिन्न सेवा आयोजनाहरूमा सैदान्तिक र व्यवहारिक रुपमा अब्बल गराउने गरी विज्ञहरुको सहयोगमा कार्यक्रम राखिएको बताए ।
उक्त कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक दिल्ली राज बेल्बासे , वि व्य स सदस्य श्रीमाया श्रेष्ठ, शिक्षक अभिभावक संघका जेष्ठ सदस्य वासुदेव भुसाल ,विद्यालयका सहायक प्रधानध्यापक अर्जुन खनाल , व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी , नवीन बाल क्लबकी अध्यक्ष जुना परियार लगायतको सहभागिता रहेको भएको थियो ।
ब्रिटिश म्यानेजमेन्ट कलेजका विज्ञ प्रशिक्षकहरु एफसीसीए रोशन नेपाल , प्रशासन प्रमुख कपिल चापागाईं , चार्टर अकाउन्टेन्ट विष्णु बेल्वासे , चार्टर अकाउन्टेन्ट सगुन खनाल लगायतले प्रशिक्षण दिएका थिए। कार्यक्रममा शिक्षकहरू प्राचिनमान शाक्य , दिपक पोखरेल, गिरिराज गौतम , शंकर गौतम, सीता खड्का , राजेन्द्र भट्टराई ,आशिष केसी लगायतले सहजीकरण गरेका थिए ।
विद्यालयमा विज्ञान , सिभिल इन्जनियरिङ, व्यवस्थापन समूहमा होटल व्यवस्थापन, कानुन र शिक्षा समूह अध्ययन हुने गरेको छ। यसै वर्ष विज्ञान समूहकी सुवेक्षा गहतराजले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको चिकित्सा शिक्षा स्नातक तह एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा महाराजगन्ज मेडिकल क्याम्पसमा र सोनिया घिमिरे त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस कीर्तिपुरमा BAMS मा पूर्ण छात्रवृत्तिमा र विज्ञान समूहको प्रथम विद्यार्थी बबिता खत्रीले अमेरिकामा गणित मूल विषयमा पूर्ण छात्रवृद्धिमा अध्यनरत रहेकी छिन्।
सिभिल इन्जनियरिङका विकास बस्यालले भारतमा विटेक एसटु कलेजमा पूर्ण छात्रवृत्तिमा , कुशल पाण्डेले बीएससी वनविज्ञान, हरि बहादुर रणपालले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पूर्ण छात्रवृत्तिमा, एलिशा ज्ञवाली कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवामा, दिव्या खनाल पोखरा विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ लगायत विज्ञान समूहबाट १२ जना, व्यवस्थापन समूह बाट १७ जनाले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् भने सिभिल ईन्जिनियरिङ् पहिलो ब्याचका मेधावी विद्यार्थी प्रवीन कोइरालाले के ई सी मा आर्कीटेक्चर ईन्जिनियरिङ् तर्फ नेपाल टप गरिरहेका छन् ।
विद्यालयका प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयमा हाल मन्टेश्वरी देखि कक्षा १२ सम्म पूर्ण अंग्रेजी माध्यममा र व्यवस्थापन , कानुन र शिक्षा समूह दुबै माध्यममा पठनपाठन हुँदै आएको छ । विद्यालयमा करिब ४६०० विद्यार्थीहरू, १६६ शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।
२०७९ को इमिक्स अनुसार विद्यार्थी संख्या ४११३ भएकोमा विद्यार्थीको आधारमा विद्यालय नेपालमा आठौ स्थानमा सूचिकृत हुनुपर्नेमा शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयको कमजोरीको कारण हालै आर्थिक सर्वेक्षणमा सूचिकृत नभएकोमा शिक्षामन्त्रालय र मानव स्रोत विकास केन्द्रमा विद्यालयले घोर आपत्ति जनाएको छ ।