२०८१ श्रावण १२

लुम्विनी प्रादेशिक अस्पतालमा सेवा विस्तार, तर जनशक्ति कम
  • लुम्बिनी खोज
  • २०७८ पुष ७, बुधबार १५:१५ गते

बुटवल ७ पुस ।
बुटवल स्थीत लुम्विनी प्रादेशिक अस्पतालमा जनशक्ति अभावका वीच सेवा विस्तार गरिएको छ । लुम्विनी प्रदेश सरकारले गौरवको योजनाका रुपमा लुम्बिनी प्रादेशिक अस्पतालको विकासको कामलाई अगाडी बढाए पनि यहा आवश्यक मात्रमा जनशक्ति ब्यवस्थापन हुन सकेको छैन । जनशक्ति कम भएपनि अस्पतालले बुधवारबाट थप ४ वटा सेवा शुरु गरेको छ । अस्पतालमा थप १० वटा डायलासिस वेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमेरजेन्सी सेवा शुभारम्भ गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर इन्द्र ढकाल सेवाग्राहीलाई छिटो छरितो सेवा दिन र सरसफाइमा सहजताका लागि थप सेवाले मद्दत मिल्ने विशवास ब्यक्त गरे ।
अस्पतालमा थप सेवा विस्तारका लागि आफूले पहल गरिरहेको भन्दै अस्पतालको सेवा प्रभावकारी वनाउनमा जोड दिएको उनले बताए ।
अस्पताल नर्सिङ इन्चार्ज ज्योती पौडेलले अस्पतालमा सेवा विस्तारसगै जनशक्ति बयवस्थापनमा ध्यान जानुपर्ने आवश्यकता औल्याइन । उनले स्थायी दरवन्दीको जनशक्ति कम रहेको भन्दै यस तर्फ ध्यान जानुपर्ने बताइन । नया सेवाहरुको शुभारम्भ कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले जनशक्ति र स्रोत साधनको उचित ब्यवस्थापन गरी सेवा दिनुपर्नेमा जोड दिए । अस्पतालको प्रयास सकरात्मक रहेको उल्लेख गर्दै समस्याहरु क्रमश हल गर्दै लगिने बताए ।
मन्त्रालयका सचिव डाक्टर बिकास देवकोटाले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै अग्रणी अस्पताल रहेको धारणा राख्दै स्वस्थ्यमा यस अस्पतालले नेतृतवदायी भुमिका खेल्नुपर्ने बताए । अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पतालमा विभिन्न थप योजनाका बारेमा चर्चा गरेका थिए ।