२०८१ श्रावण १२

भारत भ्रमणबाट प्रधानमन्त्री स्वदेश फिर्ता
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २०, शनिबार १४:४५ गते

काठमाडौं २० जेठ।
भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फिर्ता भएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र ‘वान टु वान’ पनि भेटवार्ता गरेका थिए ।
त्यस्तै उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए ।