२०८१ श्रावण १२

विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक सोमबारसम्म स्थगित
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २१, आईतवार १२:१२ गते

काठमाण्डौं २१ जेठ ।
प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। आइतबार विपक्षी ३ राजनीतिक दलले गरेको अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालनको लागि प्रयास गरिएको थियो । तर सहमति नजुटेपछि सूचना टाँस गरेर भोलि सोमबारसम्मका लागि बैठक सारिएको छ ।

आज (आइतबार)को बैठक एमालेसहित रास्वपा र राप्रपाका सांसदहरूको विरोधका कारण अवरूद्ध हुन पुगेको थियो।

नागरिकता प्रमाणीकरण, रेशम चौधरीलाई आममाफी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन अवरूद्ध तुल्याएका थिए।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता प्रमाणीकरण नसच्याएसम्म सदन चल्न नदिने बताएपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको थियो। आज बिहान ११ बजे बोलाइएको बैठक प्रतिपक्षी दलहरूकै कारण एक घण्टा ढिलो बसेको थियो।

संसद् सचिवालयले सोमबार बिहान ११ बजे बैठक बस्ने सूचना प्रकाशित गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको थियो।