२०८१ श्रावण १२

बुटवलमा ब्यापार मेला शुरु
  • लुम्बिनी खोज
  • २०७८ पुष ८, बिहीबार १६:३६ गते

बुटवल ८ पुस । ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ बिहीबारदेखि बुटवलमा बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु भएको छ ।

उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्याम पाठक र संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र बिना मुलुकको आर्थिक बिकास र समृद्धि सम्भव नहुने भएकाले राष्ट्रिय पुंजीमार्फत औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मेला महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै मेलामा उपभोक्ताको हित र स्वास्थ्यलाई ध्यान दिन सुझाव दिए । सो अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, मेला आयोजक संघका अध्यक्ष गोबिन्दराज गैरेले मेलाका बारेमा चर्चा गरेका थिए । पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहेका छन् ।