२०८१ श्रावण १२

समाजवादी प्रेस संगठनको महाधिवेशन शुरु
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २६, शुक्रबार ०७:२४ गते

काठमाण्डौं २६ जेठ ।
समाजवादी प्रेस संगठन नेपालको पहिलो केन्द्रीय महाअधिवेशन आज शुक्रवारदेखि काठमाडौंमा सुरु भएको छ । अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन्।

संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठका अनुसार राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिनेछ । केन्द्रीय अधिवेशनमा देशभरबाट करिब पाँच सय पत्रकारको सहभागिता रहेको छ ।