२०८१ श्रावण १२

बेलायतमा पहिलो पटक महिला प्रधान न्यायाधीश नियुक्ति हुँदै
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३०, मंगलवार ०९:५९ गते

लन्डन। यसपटक बेलायतको न्यायिक प्रणालीको कमाण्ड महिला प्रधान न्यायाधीशको हातमा हुने भएको छ ।

बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधान न्यायाधीश पाउन लागेको हो । यसअघि प्रधान न्यायाधीशमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन् । मिडिया रिपोर्टका अनुसार यस पटक ‘लर्ड चीफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला छन् । जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतका न्यायाधीश हुन् भने भिक्टोरिया शार्प उच्च अदालतका वरिष्ठ न्यायाधीश हुन्।

दुई उम्मेदवारमध्ये एक बेलायतको लर्ड प्रधान न्यायाधीश बन्नेछन् । आगामी दुई साताभित्र यसको घोषणा हुनेछ । बेलायतमा न्यायपालिका स्थापना भएदेखि नै प्रधान न्यायाधीशको उपाधि सधै पुरुषकै हातमा रहेको छ ।प्रधान न्यायाधीशको पद पहिलो पटक १२६८ मा सिर्जना गरिएको थियो। अहिलेसम्म १०० भन्दा बढी पुरुषहरू यसमा बसेका छन्।

अहिले भिक्टोरिया शार्प यो पदका लागि अग्रपंक्तिमा छन् । उनका जुम्ल्याहा भाइ पूर्व गोल्डम्यान साक्स फाइनान्सर रिचर्ड शार्प हुन् । बोरिस जोनसनसँगको विवादपछि उनले गत महिना बीबीसीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

एजेन्सीको सहयोगमा