२०८१ श्रावण १२

समाजवादी मोर्चाको घोषणा भोलि
  • लुम्बिनी खोज
  • २०८० असार ३, आईतवार १०:५५ गते

बुटवल ३ असार ।
समाजवादी मोर्चाको घोषणा भोलि सोमवार हुने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन्।

सोमबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ। बैठकमा समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमबारे आवश्यक सहमति भएको छ।