२०८१ श्रावण १२

भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन देशभर बन्द
  • लुम्बिनी खोज
  • २०८० असार ४, सोमबार १०:५६ गते

बुटवल ४ असार ।
विवादमा आएको भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन देशभर बन्द गरिएको छ। सोमबार आदिपुरुषको आधिकारिक बिक्रेता श्री व्यंकटेस इन्टरनेसनलले प्रेस विज्ञप्ति जारी गर्दै देशभर प्रदर्शन बन्द गरिएको जनाएको छ।

बिक्रेता कम्पनीले काठमाडौंलगायत देशभरका मेयरहरूले पनि प्रदर्शन रोक्न आदेश लिएकोले फिल्मको प्रदर्शन बन्द भएको जनाएको छ।

आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सोमबारदेखि भारतीय चलचित्रलाई निषेधको घोषणा गरेका थिए। भारतीय चलचित्र ‘आदिपुरुष’ले नेपालमा सांस्कृतिक अतिक्रमण गरेको भन्दै उनले सबै भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।