२०८१ श्रावण १२

बझाङ दुर्घटना : मन्त्री सिंहकाे अवस्था गम्भीर
  • लुम्बिनी खोज
  • २०८० असार ५, मंगलवार ११:४३ गते

बुटवल, ५ असार ।

सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ ।दुर्घटनापछि उनलाई बझाङस्थित रितु पोलिक्लिनिकमा लगिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएको हो ।

उनमा अक्सिजनको मात्रा, नाडीको चाल कम रहेको र मुटुको चाल भने अधिक रहेको बताइएको छ । उनलाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ । उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको हो ।मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नं.को गाडी डडेलधुराबाट बझाङको लागि हिँडेको थियो ।