२०८१ श्रावण १२

विश्वकप छनोट क्रिकेटः नेपालले अमेरिकालाई ६ विकेटले हरायो
  • लुम्बिनी खोज
  • २०८० असार ५, मंगलवार १५:०० गते

बुटवल ५ असार ।
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो जित हात पारेको छ । पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको पराजय भोगेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको हो ।

जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे ।
ओपनर कुशल भुर्तेल ३१ र आसिफ शेख १२ रनमा आउट भए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल १३ रनमा पभेलियन फर्केका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको थियो ।