२०८१ श्रावण १२

आसाम बाढीको त्रास : दुई लाख ६१ हजार मानिस प्रभावित
  • लुम्बिनी खोज
  • २०८० असार ९, शनिबार ०३:३० गते

    आसाम  ।  आसामको बजाली जिल्लामा बाढीको अवस्था अझै डरलाग्दो बन्दै गएको छ। यस जिल्लाका एक सय ९६ गाउँका  करिब  दुई लाख ६१ हजार मानिस बाढीबाट प्रभावित भएका छन्।

पाहुमरा खोलाको बाढीले पाठशाला क्षेत्रका थुप्रै गाउँ डुबानमा परेका छन्। बाढीको पानीले पाठशालास्थित स्वाहिद मदन रौता उपडिभिजन निजामती अस्पताल डुबानमा परेपछि अस्पताल प्रशासनले सबै बिरामीलाई अस्पतालबाट अन्यत्र सारेको छ।

अर्कोतर्फ पाहुमरा खोलाको बाढीले मेधिकुची गाउँको तटबन्धको ठूलो हिस्सा भत्काएर कैयौँ घर बगाएको छ । प्रभावित गाउँले अहिले सडक, तटबन्ध र अग्लो स्थानमा आश्रय लिएर बसेका छन्। बाढीले बजाली जिल्लाको २९७.३० हेक्टर बाली डुबानमा परेको छ।

यता, तामुलपुरको कुमारिकाटा क्षेत्रमा बाढीको पानीले पुलमा क्षति पुर्‍याएको छ। आसामको कोकराझार जिल्लामा बिहीबार मडाती नदीको बाढीले गोसाइगाउँ क्षेत्रस्थित खोलामाथिको काठको पुल बगाउँदा आवतजावतमा समेत बाधा पुगेको छ।