२०८१ श्रावण १२

आम सञ्चारसम्बन्धी विधेयक संसदमा पेश गर्नेछौँ : सञ्चारमन्त्री शर्मा
  • लुम्बिनी खोज
  • २०८० असार १०, आईतवार १६:१४ गते

काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम सञ्चारसम्बन्धी विधेयक छिटोभन्दा छिटो संसदमा पेश गर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐनहरु पुराना भएकाले त्यसलाई अद्यावधिक गरेर नयाँ कानुन बनाउने काममा पनि सरकारले ढिलाइ नगर्ने बताइन् ।

उनले दूरसञ्चार सम्बन्धी फोरजी सेवाको देशभर विस्तार र फाइभजी सेवाको लन्च गरेर शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रहरूको पूर्वाधार विकास गरी मुलुकको राजस्व वृद्धिमा योगदान पु¥याउने योजनाका साथ काम भइरहेको दाबी समेत गरिन् ।

मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा भएको तीव्र विकासलाई मध्यनजर गरेर ऐन, नियमहरु बनाउने काममा सरकारले विशेष ध्यान दिने पनि बताइन् ।