८ जेष्ठ २०८१, मंगलवार

लोक तथा दोहोरीगीत प्रतिष्ठानद्वारा ८ लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान
  • लुम्बिनी खोज
  • २० असार २०८०, बुधबार ०२:३४

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ८ जना लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ ।

सोमबार  बिजी ब्याङ्क्वेट गोंगबुमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले सम्मान सहित सदस्यता प्रदान गरेको हो ।‘सम्मानार्थ सदस्यता’ प्राप्त गर्नेमा नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाल रहेका थिए ।कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्ष तथा संरक्षक प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोतम न्यौपाने, चन्द्र शर्मा, सल्लाहकार नारायण रायमाझी उज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसी कोइराला, रमेश बाबु श्रेष्ठ, कृष्ण कँडेल, राधाकृष्ण पाठक, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर लगायतले सम्मान ‘सम्मानार्थ सदस्यता’ प्रदान गरे ।

गायिका हरिदेवी कोईराला अवस्थता र रामप्रसाद खनाल अमेरिकामा रहेकोले कार्यक्रममा सहभागी हुन सकेनन् ।कार्यक्रममा सम्मानित गायक कुमार बस्नेत, शम्भु राई, प्रेमराज महत लगायतले सम्मानका लागि प्रतिष्ठानलाई धन्यवाद दिँदै आफ्नै घर ठानेको प्रतिष्ठानमा औपचारिक रूपमै भित्रिन पाउँदा खुसी मिलेको धारणा राखे ।