२०८१ श्रावण १२

मुख स्वस्थ्यका बारेमा छलफल समाज डेण्टल मुख स्वास्थ्य अभियानमा
  • लुम्बिनी खोज
  • २०७८ पुष १४, बुधबार १६:०२ गते

बुटवल । मुख स्वस्थ्यका बारेमा बुटवलमा छलफल गरिएको छ । मुख स्वस्थ्यका विशेषज्ञ चिकित्सकहरुसहित विभिन्न सरोकारवालावीच छलफल गरिएको हो । कार्यक्रममा मुख स्वस्थ्यको महत्वका बारेमा चर्चा गरिएको थियो ।

मुख स्वस्थ्यलाई महत्व नदिदा जटिल स्वस्थ्य समस्या निम्तिने भन्दै सहभागि बक्ताले मुख स्वस्थ्य विशेष गरी दातको सरसफाइमा विशेष धयान दिनुपर्नेमा जोड दिएका थिए । बुटवलमा दाँत, मुख र गिंजासम्बन्धी उपचार प्रदान गर्दै आएको आधुनिक समाज डेण्टल केयर प्रा।लि। ले गरेको कार्यक्रममा विभिन्न क्षेत्रले सहभागिता जनाएका थिए । मुख स्वास्थ्यलाई विशेष महत्व दिएर यसका बारेमा विभिन्न क्षेत्रमा सचेत पार्ने अभियानमा प्रालि लागेको त्यसका सञ्चालकले बताएका छन । अन्य रोगहरुबारे सचेतना फैलाउने काम धेरै भए पनि दाँतसम्बन्धी रोगबारे कमै कार्यक्रम हुने गरेको अवस्थामा समाज डेन्टलले मुख स्वास्थ्य अभियान तीब्र बनाउन लागेको जनाएको छ । समाज डेण्टलका सञ्चालक अमृत भुसालले नेपालमा मुख तथा दात सम्वन्धी समस्या धेरैमा रहेको चर्चा गर्दै ५० हजार बालबालिकालाई दाँतको निःशुल्क जाँच गरिने बताए । डेण्टल हाइजिनिष्ट समेत रहेका उनले विभिन्न संघसंस्थासँग सहकार्य गरी मुख स्वास्थ्य अभियानलाई तीब्र बनाइने बताए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरीले मुख स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए ।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रादेशिक अस्पतालकी प्रमुख कन्सल्टेन्ट डेण्टल सर्जन तथा अर्थोडेन्टिक्स डाक्टर वर्षा थापाले नसर्ने रोगहरुको न्यूनीकरण कार्यक्रममा मुख स्वास्थ्यलाई पनि महतव दिनुपर्नेमा जोड दिइन । सो अवसरमा आधुनिक समाज डेण्टल केयर प्रालि र एनएमबी, एनआइसी एसिया, कामना सेवा र शाइन रेसुंगा बैंकबीच दाँतको उपचारमा सहकार्यसम्बन्धी सम्झौता समेत गरिएको थियो ।