२०८१ श्रावण १२

कांग्रेस जिल्ला सभापतिहरूको बैठक
  • लुम्बिनी खोज
  • २०८० असार २१, बिहीबार ०८:४१ गते

बुटवल २१ असार ।
कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्दिय कार्यालय काठमाण्डौंमा सुरु भएको छ। बिहीबार पार्टी केन्द्रिय कार्यालयमा बैठक सुरु भएको हो।
महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ।

बैठकमा सहमहामन्त्री भिष्मराज आङ्दम्बे, बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्य नैनसिंह महर, अजयबाबू सिवाकोटीलगायतका नेताहरु पनि सहभागि छन ।