२०८२ असार १८

एसइईको नतिजा सार्वजनिक
  • लुम्बिनी खोज
  • २०८० असार २१, बिहीबार १०:२३ गते

बुटवल २१ असार ।
राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिक गरेको हो। यसपटक माथिल्लो जिपिएमा गत वर्षभन्दा नतिजा सुधार भएको र तल्लो जिपिएमा नम्बर घट्दो रहेको वोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

एसइई परीक्षा गत चैत १७ गतेदेखि २९ सम्म भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए।
जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए ।यसपटक फरक हिसाववाट अंग्रजी, गणित र विज्ञाना स्तरीकृत परीक्षा पनि सन्चालन भएको थियो।