२०८१ माघ ३

अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा
  • लुम्बिनी खोज
  • २०८० असार २४, आईतवार ०७:१९ गते

काठमाण्डौं २४ असार ।
संसद् अवरोध हटाउने विषयमा छलफलका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। संघीय संसद्मा जारी अवरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री दाहालले असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । रास्वपा, राप्रपालगायतले भने प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् ।

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले दुई वटा प्रतिनिधिसभाका बैठक र तीन वटा राष्ट्रिय सभाका बैठक अवरुद्ध गरिसकेको छ ।