२०८१ माघ १७
डोलेन्द्र राजगहतराज मेलमिलापकर्ता
मेलमिलापको सिद्धान्त कसैलाई जित्ने र कसेैलाई हार्ने महसुस नभई दुबै पक्षको जितको महसुुस हुने गरी मिलाइएकोलाई मेलमिलाप भनिन्छ । यसो भनिरहदा हामी दुबै पक्ष बिपक्षको वकालत गदैनौ । हामी न्यायधिस वकिल अथवा कुनै पक्षलाई दवाव दिदैनौ ।बिवादको समाधान पक्ष बिपक्षले आफ्नै भलाकुसारी र कथनबाट बिवादको समाधान गर्ने वाताबरण मिलाउने सहजकर्ताको भुमीकामा हामी रहन्छौ ।
यो बिचार कुनै प्रमाणित बिचार होइन । एक पलस एक बराबर दूई , दुई पलस दुई बराबर चार भने जस्तो बिज्ञान अथबा कुनै प्रविधिले प्रमाणित गरेको बिचार नभई हामिले बिबाद रहित समाजको कल्पना गर्दासबै परिर्बनका संवाहक कहाको कुन हुन सक्छ त भनि बिचार गर्दा बिद्यालयका शिक्षक, बिद्यार्थी हुन सक्छन भन्ने बिचारले शिक्षक र शिक्षिकाहरु संग आएका छौ ।
हामी कुनै बिद्वान न्यायधिस ,वकिल शासकको रुपमा नभई बिद्यालयका शिक्षक , बिद्याथीहरुबाटनै समस्याको समाधान पत्ता लगाइने बिधि तथा अभ्यास हुने छ ।
शिक्षकहरुले बषौ देखि आजसंम्म अथवा ४० ÷५० वर्षसम्म शिक्षामा दिन बिताइरहनु भएको छ । शिक्षकहरुले गरेका कामकाज शिक्षामा गरेको लगानीको मुल्य हिसाब गर्न सकिदैन । हामीले शिक्षकलाइ सिकाउन खोजेको होइन , शिक्षकहरुले हासिल गरेको अनुभबबाट हामीले सिक्ने र हाम्रो अनुभब एकआपसमा आदान प्रदान गर्ने उदेश्यका साथ आएका छौ । शिक्षा र मेलमिलाप सिद्वान्त संगै संगै लैजादा समाजमा चेतनाको गुणस्तर बढाउन सहज बन्छ ।भन्ने मेरो धारणा रहेको छ ।
हाम्रो शरिर पञ्च तत्बले बनेको हुन्छ । शरिरलाई स्वस्थ्य राख्नको लागि केके आहार बिहारको आबस्यक्ता प्रर्दछ ।भन्ने कुरा यहाहरुलाइ थाहा नै छ । हामिले जिब्रोको स्बादकालागि मिठो –मिठो खानेकुरा धेरै खान खोज्छौ । त्यो
खानेकुरा स्बास्थ्यका लागि लाभदायक छ कि छैन । भन्ने कुराको पनि ख्याल गर्नु प्रर्दछ । कहिले काहि हामीले स्बाद नमिठो भएतापनि तितो , टर्रो , फिका सादा खानाले पनि हाम्रो स्वस्थ्यका लागि लाभदायक हुन्छ । प्रत्येक मान्छेमा फरक –फरक बिचार र बिषेशता हुन्छन ।
सबैका बिचारलाई समेटेर मेलमिलापको माध्यमबाट टुंगोमा पुग्न सकिन्छ । भन्ने लाग्दछ । मेलमिलाप सिद्धान्त अनुरुप शिक्षक बिद्याथीहरुका माझ समन्बय गरी लैजादा चेतनाको गुणस्तर बढाउन सहज बन्न सक्छ । समाजमा शान्ति सु–ब्यबस्था कायमा राख्नको लागि स्कुलमा मेलमिलापको गुणस्तर बढाउनु अपरिहार्य छ भन्ने सोचका आधारमा यो प्रसंग ल्याइएको हो । बिद्यार्थी र शिक्षक जुनसुकै प्रयोजनमा गासिएको हुन्छ । त्यसकारण संबन्धित पक्षले संबन्धित पक्षलाई सुझाव ,पत्रचार र समन्वय गरेर संबाद बिचार आदान प्रदान गरी समाजलाई कुसल नेतृत्व बोध गराउन सकिन्छ ।