२०८१ चैत्र ६
बुटवल २५ असार ।
बुटवलमा मोटरसाइकल चोरीमा संलग्न गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका १२ जनालाई सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरू समूह बनाएर र एकल रूपमै चोरी गर्नेहरु रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवल र मातहत समेतका प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी
कर्मचारीहरुलाई खोजतलासको लागी खटाईएकोमा उक्त प्रहरी कर्मचारीहरुले
रुपन्देही जिल्ला लगायत पाल्पा, गुल्मी, नवलपरासी, बाग्लुङ जिल्लासँग समन्वय
गरी करिव एक महिनाको अन्तरालमा चोरीको मोटरसाइकलहरु बरामद गर्न प्रहरी सफल भएको इप्रका बुटवलले जनाएको छ । पक्राउ परेकाहरूसँगै सोमबार प्रहरीले उनीहरूसँगबाट बरामद भएका १४ मोटरसाइकल पनि सार्वजनिक गरेको छ ।