२०८१ मंसिर १८

प्रधानाध्यापक तथा सामाजिक विषयका महिला शिक्षकहरुको कार्यशाला
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३, बुधबार १६:०२ गते

बुटवल ३ साउन ।
सामाजिक परिवर्तन केन्द्रको आयोजनामा बुटवल उपमहानगरपालिका र सुद्वोधन गाउँपालिका अन्तरगतका प्रधानाध्यापक तथा सामाजिक विषयका महिला शिक्षकहरुको कार्यशाला बुधवार बुटवलमा सम्पन्न भएको छ ।
विद्यालयबाटै शान्ती र सदभावपूर्ण समाज निर्माणको लागि शैक्षिक संस्थाहरुको भूमिका विषयक जिल्ला स्तरीय शिक्षक कार्यशाला आयोजना गरिएको हो ।
बुटवल उपमहानगरपालिका र सुद्वोधन गाउँपालिका अन्तरगतका १२ वटा विद्यालयहरुमा शान्ती निर्माण, सदभाव र द्वन्द्व व्यवस्थापन लगायतका मामलाहरुमा चित्रका माध्ययमबाट सामाजिक विषयमा प्रभावकारी कला मार्फत कार्यन्वयनमा जोड दिन उक्त कार्यशाला रुपन्देहीमा आयोजना गरिएको हो ।
उक्त कार्यशालामा बुटवल उपमहानगरपालिका शिक्षा अधिकृत कमला चुदाली, सामजिक परिवर्तन केन्द्रका अध्यक्ष पवन राय, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डे, अनिश खत्री, कल्पना राना मगर, कलेली न्यायिच्याई लगायतले सहजीकरण गरेको नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्र.अ. प्रेम बहादुर बस्नेतले बताए ।
उक्त कार्यशालामा तीनवटा समूहमा अनलाइन बुलिङ द्वन्द्वचक्र , द्वन्द्व वृक्ष र ब्याज विधिका वारेमा समुहगत प्रस्तुति गरिएको थियो ।