२०८१ श्रावण १२

मेलमिलाप दिवसमा भैरहवामा कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७८ पुष १६, शुक्रबार १६:०४ गते

भैरहवा, १६ पुस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री अब्दुल रज्जाकले बिपीको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्र्दभिक रहेकोबताएका छन । उनले वीपीको त्यही नीति अनुसार पार्टी आवश्यकता अनुसार सबैसगं मेल मिलाप गर्दै अगाडी बढेको बताएका छन ।
४६ औ राष्ट्रिय एकता एवं मेलमिलाप दिवसरको अवसरमा शुक्रवार कांग्रेस रुपन्देही गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता राज्जाकले एकता र मेलमिलाप पार्टी भित्र र बाहीर उत्तिकै महत्वपुर्ण र सान्दर्भिक रहेको औल्याए । कांग्रेस लोकतन्त्र र राष्ट्रियताको लागी सधै अडीक रहेको पनि बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य चन्द्र केसीले कांग्रेस बलीयो हुँदा लोकतन्त्र र रष्ट्रियता बलियो हुने चर्चा गर्दै कांग्रेस एक ढिक्का भएर मुलुकको हितमा अगाडी बढ्ने बताए । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले पार्टी भित्र सधै सहमती, सहकार्यका साथ अगाडी बढ्ने बताए । अब मुलुकमा हुने निर्वाचनमा जित हासिल गर्न आन्तरिक रुपमा मेलमिलाप र एकतानै आजको प्रमुख आवश्यकता रहेकोमा उनले जोड दिए ।
केन्द्रीय सदस्य र पत्रकारलाई सम्मान
यसैबिच १४ औं महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित कांग्रेस रुपन्देहीका निर्वातमान सभापति एवं पुर्व मन्त्री अब्दुल रज्जाकलाई कांग्रेस रुपन्देहीले सम्मान गरेको छ । त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचीत चन्द्र केसीलाई पनि सम्मान गरिएको छ । गोरखापत्र राष्ट्रिय दैनिकको लुम्विनी प्रदेस संयोजका नियुत्त भएका पत्रकार श्यामशंकर पाण्डेलाई पनि कांग्रेस रुपन्देहीले सम्मान गरेको छ । उनीहरु तिनै जनालाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
जिल्ला सचिव हरी काफ्लेको संचालनमा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, पुर्व उपसभापति बिजय सर्मा, क्षेत्रीय सभापतिहरु शुसिल गुरुङ, ओसिउल्लाह मुसलवान, महाधिवेशन प्रतिनिधि बालकुमारी घिमिरे, जिल्ला सदस्य जेवि गुरुङ, क्षेत्र नं ३ प्रदेस क का सभापति सुरेन्द्र जगं थापा, सिद्र्धाथ नगरका उपसभापति देवराज न्यौपाने लगायतले बोल्दै बिपीको योगदान र मेलमीलापको सान्र्दभीकता बारे चर्चा गरेका थिए ।