२०८१ मंसिर २०

लुम्बिनीको निजामती सेवा विधेयकमा छलफल
  • लुम्बिनी खोज
  • २०८० श्रावण ९, मंगलवार १५:५१ गते

बुटवल ९ साउन ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा लगेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ।

मंगलबार बसेको प्रदेश सभाको २०औँ बैठकमा विधेयकमाथि छलफल भएको हो। प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेको ‘छलफल गरियोस्’ भन्ने प्रस्ताव पारित भएपछि सांसदहरूले छलफलमा भाग लिएका हुन्।

विधेयकका विषयमा कर्मचारीहरू आन्दोलित बनेकाले यो विषयमा ध्यान दिनुपर्ने सांसदहरूको भनाइ थियो।

प्रदेश सभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ, रामजीप्रसाद घिमिरे, इन्द्रजित थारू र जन्मजय तिमिल्सिना लगायतले छलफलमा भाग लिएका थिए। प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।