२०८१ श्रावण १२

राष्ट्रिय सभामा एमालेको अवरोध
  • लुम्बिनी खोज
  • २०८० श्रावण १८, बिहीबार ०८:४५ गते

बुटवल १८ साउन ।
सुन तस्करीको विषयलाई लिएर सुन तस्करलाई कारबाहीको माग गर्दै नेकपा एमालेले राष्ट्रिय सभामा पनि अवरोध गरेको छ। एमालेको अवरोधपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। एमालेको अवरोधका कारण बैठक साउन २२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रतिपक्षले ध्यानाकर्षण गराउँदासमेत सरकार गम्भीर नभएको आरोप लगाए। उनले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए।
यसअघि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध गरेको थियो।