२०८१ श्रावण १२

माओवादी केन्द्रीय समितिमा थपिए २४ जना महिला
  • लुम्बिनी खोज
  • २०८० श्रावण १९, शुक्रबार ११:३० गते

काठमाण्डौं १९ साउन ।
नेकपा माओवादी केन्द्रमा २२ केन्द्रीय सदस्य मनोनीत भएका छन्। बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा ती केन्द्रीय सदस्य मनोनीत भएका हुन्।

मनोनीत हुनेहरूमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, नीरमाया श्रीष छन्।
त्यस्तै, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी पनि मनोनीत भएका छन्।