२०८१ श्रावण १२

माओवादीका सांसदलाई प्रचण्डको निर्देशन: संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नू
  • लुम्बिनी खोज
  • २०८० श्रावण २२, सोमबार ०९:२१ गते

काठमाडौ,२२साउन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भूमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरूलाई संसदभित्र आ–आफ्नो भूमिकालाई वृद्धि गर्न निर्देशन दिएका हुन्।

उनले अवरुद्ध संसद् खुलाउनका लागि प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरूसँग छलफल गर्ने पनि बताए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रूपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भूमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी गराए।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताएको पाण्डेले उल्लेख गरे।