२०८१ श्रावण १२

नवीनमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरुले गरे गिट्टीको गुणस्तर परीक्षण
  • लुम्बिनी खोज
  • २०८० श्रावण २३, मंगलवार १४:२४ गते

बुटवल २३ साउन ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा कक्षा १२ सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुलाई लस एन्जलस एभरेजन परीक्षण मंगलवार गराइएको छ ।
सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुलाई समयको माग अनुसार व्यवहारिक सीपयुक्त पठनपाठनलाई मध्यनजर गरी पूर्वाधार निर्माणको लागि सडक तथा भवन निर्माणमा प्रयोग गरिने गिट्टीको कडापन, खीइने र धुलोपन पत्ता लगाउनको लागि लसएन्जलस एभरेजन परीक्षण गर्ने गराइन्छ ।
पूर्वाधार निर्माणमा सामान्यता ९० प्रतिशत गिट्टीको वाइभोलम प्रयोग आवश्यकता हुने हुँदा प्रयोग हुने गिट्टीको गुणस्तर कमजोर भएमा भवन तथा सडकमा समस्या आउने भएकोले गिट्टीको गुणस्तर परीक्षण विद्यार्थीहरुलाई गराइएको हो ।
विद्यालयले पूर्वाधार निर्माणका मेसिनहरु बहुमुल्यका हुने भएकोले सडक विभाग तथा लुम्विनी इन्जिनियरिङ कलेज भलवारी संग समन्वय गरेर विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षामा जोड दिने विद्यालयको योजना भएको प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।
उक्त लसएन्जलस एभरेजन परीक्षणको सहजीकरण सिभिल इन्जिनियरिङ समुहका संयोजक ई. विमल अर्याल, ई. साम्व पन्थी र सव इन्जिनियर विशाल रावतले गरेका थिए । उक्त परीक्षणमा कक्षा १२ का ४८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।