२०८१ श्रावण १२

सेयर बजार ४१ अंक बढ्यो
  • लुम्बिनी खोज
  • २०८० श्रावण २४, बुधबार १०:३० गते

काठमाडौं २४ साउन ।
लगातार २०७ अंक घटेको सेयर बजार साताको चौथो कारोबार दिन बुधबार ४१.०६ अंकले बढेको छ । बजार २०६०.९१ विन्दुमा उक्लियो । यो २.०३ प्रतिशतको वृद्धिदर हो । बुधबार अन्तिम समयमा आएर बजार दोहोरो अंकले बढेको हो । बुधबार वित्त, होटल र पर्यटन, जीवन बीमा, व्यापारसहितका उपसूचकमा राम्रो वृद्धि देखियो ।
आज १८ कम्पनीको सेयर मूल्य घट्दा दुई सय कम्पनीको मूल्य बढेको छ। नेप्सेका अनुसार बुधबार ५० लाख १० हजार सात सय १६ कित्ता सेयर एक अर्ब ८८ करोड ८३ लाख २६ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। मंगलबार एक अर्ब ७३ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको थियो।