२०८१ श्रावण १२

तीन महिने अभियान पार्टीको अन्तिम परीक्षा हो ः प्रवक्ता सापकोटा
  • लुम्बिनी खोज
  • २०८० श्रावण २४, बुधबार ११:१२ गते

काठमाडौं २४ साउन।
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको अन्तिम परीक्षा भएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकारबीच भेटघाट’ कार्यक्रममा बोल्दै उनले सबै नेताहरूका लागि यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको बताए।
‘यो हामी सबैका लागि परीक्षा हो । त्यसकारण यो परीक्षामा हामी सबै सामेल हुन्छौं । मलाई विश्वास छ हामी यो परीक्षामा उतीर्ण हुन्छौं । भदौको १५ गतेसम्म हामी तयारी गर्छौं । यो तीन महिने अभियान सफल हुन्छ । यो हाम्रो करिव करिव अन्तिम परीक्षा जस्तै छ’ उनले भने ।
प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निस्कर्षमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिवद्ध रहेको पनि बताए ।