२०८१ श्रावण १२

लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्हारक्यालद्धारा पदभार ग्रहण
  • लुम्बिनी खोज
  • २०८० श्रावण २५, बिहीबार १२:४० गते

बुटवल २५ साउन ।
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त डा. ल्हारक्याल लामाले पदभार ग्रहण गरेका छन्। माओवादी केन्द्रीय सदस्यसमेत रहेका लामालाई मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि कोषको उपाध्यक्षमा मनोनीत गरेको हो।
बिहीबार पदभार ग्रहण गर्दै लामाले लुम्बिनीको इज्जत र पवित्र भूमिको बदनाम नगर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘मलाई पत्याएर काम गर्न सक्छ भनेर यहाँ पठाउनुभएको छ। गौतम बुद्ध, मायादेवी मन्दिर साक्षी राखेर काम गर्छु। लुम्बिनीको इज्जत, पवित्र भूमिको बदनाम गर्नेछैन। कुनै खालको भ्रष्टाचार, अनियमितता, कुनै खालको मिसयुज गर्नेछैन। सबैसँग समन्वय गरेर काम गर्नेछु।’ कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सीमित साधन स्रोतबाट काम भइरहेको बताए ।

तत्कालीन उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल साउन दोस्रो सातामा सकिएपछि उपाध्यक्ष पद रिक्त थियो। कोषको संरक्षक प्रधानमन्त्री र अध्यक्ष संस्कृतिमन्त्री रहने व्यवस्था लुम्बिनी विकास कोष ऐन, २०४२ मा छ। विवादास्पद छविका लामालाई कोषको जिम्मेवारी दिएको भन्दै सरकारको आलोचना भएको छ।