२०८१ श्रावण १२

सबै किसिमका अनियमितताको छानविन गर्नुपर्नेमा भट्टराईको जोड
  • लुम्बिनी खोज
  • २०८० श्रावण २६, शुक्रबार १२:१९ गते

बुटवल २६ साउन ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सबै किसिमका अनियमितताको छानविन गर्नुपर्नेमा जोड दिएका छन । ललिता निवास जग्गा प्रकरणमा आफूले जानेबुझेको कुरा छानबिनका क्रममा बताउन तयार रहेको समेत उनले स्पष्ट पारेका छन ।
शुक्रवार बुटवलमा पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले ललिता निवास जहाज खरिद गर्दाका अनियमितता देखि ठूला परियोजना निर्माणका क्रमका घोटला सबैको छानविन हुनुपर्छ भन्दै विगत देखि नै आवाज उठाउदै आएको धारणा समेत राखे । उनले भने, मेरो छानविनबाट उच्च स्तरीय छानविनको ढोका खुल्छ भने म सबै भन्दा खुशी हुने छु ।
उच्च स्तरका छानविन निष्पक्ष स्वतन्त्र हुनुपर्ने र यसमा उच्च पदस्थ सबैको छानबिन हुनुपर्नेमा उनले जोड दिए । नडराइ निष्पक्ष रुपमा छानपिन गर्नुपर्नेमा जोड दिएका भट्टराईले विगतमा भएका अनियमितता सम्वन्धमा शंका लागेका विषयहरुमा उजुरीहरु पनि लिएर अनुसन्धान अगाडी बढाउन सकिने समेत बताए । सुशासन कायम गर्दै विकास र सम्वृद्धि तर्फ अगाडी बढाउन अनियमितताका उजुरीहरुको छानबिन निष्कर्षमा पु¥याउने गरी काम हुनुपर्नेमा उनले जोड पनि दिए ।
वैकल्पिक राजनीतिक शक्तिको आवश्यकतामा जोड दिदै आएका उनले बैकल्पिक शक्ति तयार हुनलाई विचारकै संकट रहेको बताए । स्पष्ट विचार विना बैकलिपक शक्ति नवन्ने भन्दै डाक्टर भट्टराईले अग्रगामी विचाको आवश्यकतामा जोड दिए । भट्टराईले विगतमा आफूले अरुको चिन्ह लिएर चुनावमा जानु देखि पार्टी एकता सम्मका काम बेठीक भएको पनि आफ्नो निष्कर्ष रहेको सुनाए । उनले सरकारले गर्ने नियुक्तिहरु स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा पनि जोड दिदै विवादितलाई नियुक्त गर्न नहुने धारणा समेत राखे ।